मन्त्रिपरिषद् बैठक बस्दै : बजेट र प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल हुने

काठमाडौं, जेठ १४ गते । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

आर्थिक वर्ष ०८०/८१ को बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

सरकारका तर्फबाट सोमबार अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदैछ । बुधबार (जेठ १७ गते)देखि नै प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गर्ने तय भएको छ ।

मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री लगायतसँग राजनीतिक परामर्श गर्ने छन् भने त्यससँगै कूटनीतिज्ञहरूसँग पनि परामर्श गर्ने कार्यतालिका छ ।