लिदी पहिरोबाट विस्थापित ४१ घरधुरीले पाए लालपुर्जा

सिन्धुपाल्चोक, माघ १७ गते । सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित भएका परिवारलाईले जग्गाधनी प्रमाण पुर्जा पाएका छन् । २०७७ साउन ३० गते जुगल गाउँपालिका वडा नम्बर २ लिदीमा गएको पहिरोबाट विस्थापित २ सय ९ घरधुरी मध्ये ४१ घरधुरीले जग्गाधनी प्रमाण पुर्जा पाएका हुन् ।

सुरक्षित स्थानान्तरणका लागि चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ देउरालिमा जग्गा व्यवस्थापन भई ४१ घरधुरीले जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको थियो ।

पुर्जा वितरण कार्यक्रमका सिन्धुपाल्चोक क्षेत्र –१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा (सुवोध)ले ४१ घरधुरीलाई कुविण्डेमा स्थान्तरण हुने गरी र नयाँ बस्ती विकास गर्ने र राज्यले औपचारिक रुपमा जग्गाधनी प्रमाण पुर्जा दिएको बताउनुभयो । उहाँले जुगल गाउँपालिकाको उद्देश्य अनुसार अब आयआर्जन स्वरोजगार, आर्थिक जिवनस्तरमा पनि सहयोग हुने गरी हामि सबै जुटेर काम गर्न आवश्यक रहेको बताउनुभयो । ्

२०९ घरधुरी मध्ये ६४ घरधुरीलाई बासखर्क, २७ घरधुरीलाई चनौटे र ७५ घरधुरी बस्तीलाई लिदिको सिमलडाडाँमै स्थापित गर्ने गरी दिगो ढंगबाट व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढेको उहाँको भनाइ छ । सांसद सापकोटाले घर बनाउन पाँच÷पाँच लाख रुपैयाँ दिइसकेको बताउँदै हतार नगरी नमुना योग्य बस्ती बनाउन आग्रह गर्नुभयो ।