फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको निर्णय हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, माघ १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताउनुभयो । रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसाला आएपनि राहदानीमाथि छानबीन भईरहको छ ।

मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा उहाँले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराउनुभएको छ । उहाँले भन्नुभयो, ‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन,

रवि लामिछानेले अमेरिकी नागरकता त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उहाँको सांसद पद खारेज गरिदिएको थियो । त्यसपछि उनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त हुनुभएको थियो ।

गत आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रविले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राख्नुभएको छ । तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राखिरहेका छन् ।