गायक बराइलीको ‘मल्लाज दरबार’ सार्वजनिक

  • सुशील दर्नाल

काठमाडौँ, माघ १८ गते । लोकदोहोरी गायक सुजन बराइलीले ‘मल्लाज दरबार’ नामक मौलिक पञ्चेबाजा लोकदोहोरी गीत सार्वजनिक गर्नुभएको छ । श्रीमान रोजारीको निम्ति विदेश जाँदा घरबार विग्रिएको विषयवस्तु उठान गरिएको सो गीतमा गायक बराइली र गागिका देवी घर्ती मगरले स्वर दिनुभएका छ ।

“बिदेशमा कमाउन जानु बर्षौ बिताउनु रहर होइन बाध्यता हो, तर आफू विदेश जाँदैगर्दा यता घरमा श्रीमतीले छोराछोरीको बिच्चली बनाएर पराइसँग गएको आम नेपाली दाजुभाईको पिडालाई गीत मार्फत प्रस्तुत गरिएको छ”, गायक बराइलीले भन्नुभयो । सुजन बराइली युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई गतिकार प्रलाद सुवेदीले लेख्नुभएको हो भने लय संकलन गायक बराइलीले नै गर्नुभएको हो ।

गीतको एजेन्जर रमेश सन्चुरीले गुर्नभएको छ भने गीतमा कलाकार शिशिर पौडेल र नारायण खत्री लगायत दर्जनौँ कलाकारका अभिनय रहेको छ । भिडियोो निर्देशन कुमार केशीले गर्नुभएको हो । गीतको छाँयाङ्कन गायक बराइलीको जन्मभूमि पर्वत जिल्लाको जलजला गाउँपालिका मल्लाजमा गरिएको छ ।

गायक बराइलीले यसअघि ‘जिउन सिकायो’, ’मेरो प्यारो मल्लाज गाउँ’, ‘तीजको बो नाँच बरिलै’, ‘विश्कर्मा बाबा’, ‘पर्वते ठिटो’, ’मायामा भुलियो’, ‘बोलाई पासो भो’, ‘सालैजो’, ‘अन्त नजर लाउन छोड्ने छु’ र ‘शोकले मरिन्छ कि भोकले’ लगायत दर्जनभन्दा बढी लोकदोहोरी र भजन गीतहरु सार्वजनिक गरिसक्नु भएको छ ।