स्वस्थ शरीरसँगै स्वस्थ मन मष्तिष्क आवश्यक : डा. सुभाष घिमिरे

काठमाडौं, साउन ५ गते । पछिल्लो समयमा ॐ समाज डेन्टल हस्पीटलले धार्मिक अनुष्ठान कार्यमा पनि सक्रिय हुन थालेको छ । स्वास्थ्य जीवनको लागि समर्पित ॐ समाज डेन्टल हस्पीटलले दॉतको उपचारमा मात्र संलग्न नभई बिभिन्न सामाजिक कार्यहरूमा रधार्मिक अनुष्ठानमा सहभागि हुँदैआईरहेको हो ।

इन्द्र अन्नपुर्ण योगा तथा लायान्स क्लब अफ काठमाडौं, ॐ समाज डेन्टल हस्पीटल नैकाप र श्री बैकुण्ठनाथ दिब्यधाम को आयोजनामा काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिका वडा नम्बर १४  नैकाप स्थित ॐ समाज डेन्टल हस्पीटल को प्रांगणमा पुरुषोत्तम मास महोत्सवको अबसर पारेर श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना भई रहेको छ ।

उक्त महायज्ञमा श्री बैकुण्ठनाथ दिव्यधामका मठाधीष श्री १००८ स्वामी भागवताचार्य महराजले कथा बाचन गर्नु हुने जानकारी ॐ समाज डेन्टल हस्पीटलका प्रमुख तथा यस महायज्ञ प्रचार प्रसार संयोजक डा. सुभाष कुमार घिमिरेले बताउनु भयो ।

संघीय सांसद माननीय कृष्ण गोपाल श्रेष्ठले धार्मिक स्थल मोत्छेनारायण देखि धार्मिक विधि पूर्वक यहि श्रावण २ गते शोभा यात्राको उद्धाटन गरि शुरू भएको महायज्ञ यहि श्रावणको ८ गते सम्म चल्ने पनि उहॉले जानकारी दिनु भयो। साथै हरेक दिन दिउककसो १ बजे देखि ४ बजे सम्म चल्ने कथा बाचन कार्यक्रमको उद्धाटन प्रदेश सभा सदस्य माननीय केशब पोखरेल ले गर्नु भएको पनि संयोजक डा.घिमिरेले बताउनु भयो।

हामी स्वास्थ्य क्षेत्रमा त सक्रिय नै छौ स्वास्थ्य मात्र नभएर मानसिक र आत्मको पनि पुर्ण शुद्धता होस भन्ने कामना सहित यस खाले धार्मिक सामाजिक र सांस्कृतिक कार्यमा पनि लागेको ओम समाज डेन्टल हस्पीटलका प्रमुख तथा कार्यक्रम प्रचार प्रसार संयोजक डा घिमिरेले बताउनु भयो ।

पुरुषोत्तम मासको समयमा यस खाले अनुष्ठान गरेरमा भक्तजनहरूलाई थप पुन्य र ज्ञान प्राप्त हुने हुँदा यो महायज्ञ गरिएकोले सबै भक्तजनलाई आयोजक संस्थाहरू र ऑफ्नो व्यक्तिगत तर्फ बाट पनि निमन्त्रणा गर्न चाहेको उहॉले बताउनु भयो ।