
काठमाडौं, साउन १० गते । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको धारणा बनाउन एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
संसदीय दलको बैठकले तय गर्ने धारणा अनुसार प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।
‘सुन प्रकरण गम्भीर विषय छ । त्यही गम्भीर्यताका आधारमा दलको बैठकमा छलफल हुन्छ,’ गिरीले बताउनुभयो ।
साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्यीन्टल सुन बरामद गरेको थियो । यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना प्रकाउ परिसकेका छन् ।