कोशी प्रदेशसभाका सभामुख गौतमद्वारा राजीनामा

काठमाडौं, साउन १६ गते । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिनुभएको छ। उहाँले मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमाबुझाउनु भएको हो । गौतमले आफूले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयमा पनि पठाउनुभएको छ ।

माओवादी केन्द्रबाट निर्वाचित भएका गौतमले सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्‍याउनका लागि आफ्नो तटस्थ भूमिका त्याग्नुभएको हो।उहाँले राजीनामा दिएपछि उनको समेत समर्थन लिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गर्नुभएको छ ।

पत्रकारहरुसँग कुरा गर्दै गौतमले प्रदेशको स्थायित्वका लागि आफ्नो राजीनामा उचित हो भन्नेमा आफू सहमत नभए पनि परिस्थितिले बाध्य भएको बताउनुभयो । ‘प्रदेशको समग्र विकास र स्थायित्वका लागि सभामुखको राजीनामा उचित हो भन्नेमा म अहिले पनि छैन । मेरो प्रष्ट कुरा छ । म कसैसँगअप्ठेरो नमानी भन्न सक्ने कुरा त्यही नै हो’ उहाँले भन्नुभया्े, ‘तर परिवेशले मलाई त्यहाँ पुर्यायो र मैले त्यो राजीनामा गर्ने भएँ ।’