एसइई उत्रीर्ण विद्यार्थीलाई वडाकाे सम्मान

खगेस र दीपज्योतिले ल्याए उच्च अंक

  • धर्म सुनार

काठमाडौं, साउन २ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्तीर्ण भएका विद्यार्थीलाई महालक्ष्मी नगरपालिका–५ ले सम्मान गरेको छ । वडा भित्र रहेका सबै विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ बाट उत्तीर्ण भएका विद्यार्थीलाई वडा कार्यालयले शनिबार सम्मान गरेको हो ।

विद्यार्थीहरुको उज्जल भविश्य निर्माणका लागि सम्मान तथा बधाई कार्यक्रम राखेको वडा अध्यक्ष कपिल केसीले बताउनुभयो । नेपालको संविधान २०७२ अनुसार देशमा तीन तहको सरकार छ त्यो सरकारमा पहिलो खुट्किलोको रुपमा रहेको स्थानीय सरकार हो, उहाँले भन्नुभयो–स्थानीय सरकारलाई मझबुत र राष्ट्रको भविश्य उज्जल बनाउने विद्यार्थी भाईबहिनीहरुनै हुन त्यसैले सम्मान गरेका हौं । उच्च शिक्षा हाँसिल विद्यार्थीको पहिलो खुट्किलाको रुपमा एसईई हो । उहाँले भन्नुभयो, स्थानीय सरकारको सकृयता देखाउन निम्तिपनि हामीहरुले सम्मान तथा बधाई कार्यक्रम राखेका केसीको भनाइ छ ।

त्यस्तै बागमती प्रदेशका पूर्वस्वास्थ्य मन्त्री तथा प्रदेश सांसद रामेश्वर श्रेष्ठले सधै सकारात्मक सोजका साथ अगाडि बढ्न विद्यार्थीलाई आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद श्रेष्ठले वर्तमान अवस्थामा देशको सामाजिक, राजनीति वस्तुलाई अध्ययन गर्नसक्ने बौद्धिक क्षमता भएका तपाईहरु नै हो त्यसैले सकारात्मक सोजका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।

तपाईहरुनै देशको कर्णधाार हो यो समाजलाई रुपान्त्रण गर्ने, यो समाजलाई परिवर्तन गर्ने, देशलाई आमुल परिवर्तन गरेर समाजिक समृद्धिसहित आर्थिक उन्नती गर्ने बाटोमा तपाईहरुको महत्वपूर्ण भुमिका रहने छ, श्रेष्ठको भनाइ थियो ।

विद्यार्थीले आफ्नो भविश्यको लागि आवश्यक पर्ने क्षमता, विषय वस्तुको ज्ञान र क्रियशीलता जुन छ त्यहिँ विषय छान्नुहोस र त्यहिँ विषयमा तपाईहरु अब्बल बन्नुहोस । यो समाजलाई रुपान्तण गर्न देशलाई समृद्धि बनाउन डाक्टर, ईन्जिनियर मात्र महत्वपूर्ण होईन किसान देखि फर्निचर बनाउने सम्मको विभिन्न मानवीकि देखि लिएर सबै विषयको जनशक्ति हामीलाई चाहिन्छ । आफ्नो क्षमतालाई आफैले पहिचान गर्न उत्तम हुन्छ । आफ्नो विषय वस्तु छान्नुहोस उहाँले भन्नुभयो, त्यो अनुसार तपाईहरु अगाडि बढेर जानुपर्ने श्रेष्ठको धारण थियो ।

नगरपालिका शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेलले नगरपालिकाको तुलनामा वडा नम्बर ५ मा मात्र ६१ प्रतिशत विद्यार्थीले जीपीए ३ भन्दा माथि ल्याएको बताउनुभयो । नगरपालिका भरी जम्मा १५ सय ५० जना विद्यार्थी २०७९ को एसईई परीक्षामा सहभागी भएका थिए, उहाँले भन्नुभयो, त्यसमा छात्रा ७५८ र छात्र ७९२ जना रहेका थिए ।

उहाँका अनुसार वडा नम्बर ५ मा पाँच वटा सामुदायीक र निजी विद्यालय गरि १९० जना विद्यार्थीहरुले परीक्षा दिएका दिएका थिए । जस्तै छात्रा ८९ जना र छात्र १०१ जना परीक्षामा सहभागी भएका थिए । नगरसँग तुलना गर्दा वडा नम्बर ५ बाट १२ प्रतिशत छात्र र १३ प्रतिशत छात्रा रहेका छन् । जम्मा १० प्रतिशत परीक्षामा सहभागीय भएका छन् ।

वडामा ३ जीपीए भन्दा माथि ल्याउनेको संख्या ९७ जना रहेका छन्, उहाँले भन्नुभयो, ४९ छात्र र ४८ जना छात्रा रहेको बताइएको छ । महेन्द्रग्राम मा विका खगेस कुमार यादव र दीपज्योती गुरागाईंले सबैभन्दा बढी ३.४ ल्याएको पौडेलले जानकारी दिएका छन ।