जग्गाको विवाद मिलाउन सीडीयोले गरे लाखौंको डिल

सिराहा, माघ २० गते । सिराहाबाट गोरखाकालागी सरुवा भएका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जग्गाको विवादित मिलाईदिन ठूलो रकमको ‘वार्गेनिङ’ गरेको भन्दै सिआईविले अनुसन्धान सुरु गरेको छ । सिरहाका तत्कालिन सीडीओ कवाडीको यहि विवादले सरुवा समेत रोक्का गरी सेवाग्राहीसंग जग्गा विवाद मिलाउन लाखौं रकम डिल गरेको अडियो फेला परेपछि सिआइवीले उहाँमाथी अनुसन्धान सुरु गरेको हो।

जग्गाको विवाद मिलाउन सीडियोसँग पहिलो चरणमा कुरा गर्दा एक करोड रुपैयाँबाट ‘वार्गेनिङ’ सुरु भएको स्रोतले जनाएको छ । सोही जग्गामा सेवाग्राहीको भाइको छोराले यसमा मेरो पनि अंश रहेको र मेरो काकाले यो जग्गा एकलै हडफ्न खोजको भन्दै उहाँले जिल्ला प्रशासन कार्यालय सिराहामा निवेदन दिनुभएको थियो । सोही निवेदनको आधारमा सीडीयोले जग्गाधनीलाई विभिन्न किसिमको धाक धम्की देखाएर अन्तिममा आर्थिक वार्गेनिङ सुरु गरेको स्रोतको भनाई छ ।

डिल अगाडी नबढेपछि सीडीयोले नै फर्जि अख्तियारको अधिकारी पुस्पेन्द्र नामका व्यक्तिखडा गरी नयाँ डिल सुरु गरेको थियो । उहाँ सप्तरी राजविराजका निर्माण व्यसायी हाल लाहान स्थित कोठा भाडामा बस्दै आइरहेको स्रोतले दाबी छ । उहाँले सेवाग्राहीसँग आफू अख्तियारको ठुलो हाकिम रहेको भन्दै सेवाग्राहिसँग पैसाको वार्गेनिङ सुरु गरिएको स्रोतको भनाई छ ।

सेवाग्राहिसँगको पटक पटकको छलफल पछि ७० लाखमा ‘डिल’ भएको थियो । सेवाग्राहिले एकैपटक तिर्न नसक्ने भनेपछि एक महिनामा ५ किस्ता बनाएर बुझाउने सेवाग्राहि र विचौलियाविच बार्तालाप भएको सुन्नमा आएको छ ।

सेवाग्राहिले सीडीयोसँग गरेको वार्तालाप

सेवाग्राही– अहाँ जरे भेट करैला आवके छलै सर। (तपाईसँग भेट्न आउँ भनेको सर)।
सीडीयो कवाडी– आई फूर्सद नै है, काईल अपने आईल जाउ। (आज फूर्सद छैन तपाई भोली विहान भेट्न आउनुस्) । सर हम पुस्पेन्द्रजौडे (सीडीयोले खडा गरेको विचौलिया) बात करलियै। सर मैले पुस्पेन्द्र सँग कुरा गरें।

सीडीयो– उ के आद्मी है हमरा कोनो सम्मझेमे नई आरहल है। सायद उपर से आईल है, आन्दाज। यी आदमी हमरा ज्यादे पे्रसर करहल है। गृह सः,आ टङ्गालो स खवर आईव रहल है। ‘किन कार्वाही भईरहेछैन, के हेरेर वसिरहेछ’ भन्दै गृहस सेहो प्रेसर आईवरहल है। हम कहली ‘कार्वही भईरहेछ, प्रक्रियामा छ; कहली हम। (उ को मान्छे हो मैले पनि चिन्न सकेको छैन। सायद माथिबाट आएको हो। यो मान्छेले मलाई साह्रैै पे्रसर गरिरहेको छ। गृहबाट र टंगालबाट पनि फोन आईरहेको छ। ‘किन कार्वाही भईरहेछैन, के हेरेर वसिरहेछ’ भन्दै गृहबाट पनि प्रेसर आईरहेको छ। मैले ‘कार्वाही भईरहेछ, प्रक्रियामा छ; भनेको छु।’)

सेवाग्राही– हमरा उनका (पुस्पेन्द्र) पर विश्वास नै भरहल है। अहिजोरे वार्गेनिङ्ग कैरती।
(मलाई उनी (पुस्पेन्द्र)संग विशवास भईरहेको छैन। तपाई सँगै बार्गेनीङ्ग गर्न पाए हुन्थ्यो।)

सीडीयो–ऐहन बात फोन पर नै करु, काईल आउँ भेटेके बात करैछी। यना फोनमे बात कके नै फसाउ।

ईबात फोनपर नै करु। काईल आउ, सात बजे बैसक बात करैछि।
(यस्तो कुरो फोनमा नगरौं, भोली आउनु भेटेरै कुरो गरौं। इस्तो कुरो फोनमा गरेर फसाउने काम नगरौं। भोली विहानै आउनु वसेरै कुरा गरौंला।)

पुस्पेन्द्र र सेवाग्राहिविच भएको कुराकानी

पुस्पेन्द्र–म काठमाडौं मै छु। जिल्लाले सीआईवीमा मेल पठाई दिएको छ। मेल हेरेर सलट्याएर आउँछु। तपाइँहरु पनि सम्पर्कमा आउनु भएन। मेल आएको छ।
सेवाग्रही ः हामीलाई पैसा संकलन गर्न टाईम लाग्यो।

पुस्पेन्द्रःम मेल हेरेर भन्छु। यति दिनसम्म पर्खिनु भयो, अझै एकदिन पर्खिनुस्। मैले अनुसन्धानको सचिवसँग कुरा गरेको छु। जिल्लाबाट केही हुँदैन। म विभिन्न कामले व्यस्त रहेँ.।म जुनसुकै ठाउँमा पनि भेटौला। तपाइँकै घरमा पनि भेटौंला।

सेवाग्रमही ःमलाई वुवाले जम्मा ७० लाखमा ‘डिल’ भएको कुरा सुनाउनु भएछ वास्तविक केहो ? पुस्पेन्द ६७ लाख जिल्ला र माथी सम्मलाई भो,।

सेवाग्राही ःअनि तपाईलाई व्यतिगत ३ लाख दिनुपर्ने भनिएको छ। पाँच किस्तामा तिर्ने सहमति पनि भएको थाहा पाए। ‘सीडियोले तपाईंको नम्वर दिनुभयो। हामीले तपाईं भनेको पनि सीडियो नै हो भन्ने बुझ्छौं।

पुस्पेन्द्र ःतपाईंहरुले जिल्लामै मिलाउन पर्थ्यो। तपाईंहरु जिल्ला छोडेर माथि जानु भयो। अहिले फेरी जिल्ला मै फर्काउने भएपछि तपाईंहरुलाई महगो पर्यो। फर्काउँदा पनि विभिन्न खर्चहरु भएको छ।

सेवाग्राहीः पहिलो किस्तामा कति दिने भन्ने ‘कनफ्यूजन’ भयो कति दिने भन्ने हो।
पुस्पेन्द्रः हामीले किस्ता भनेपनि एक महिनामा तपाईहरुले जति जति सकिन्छ, दिंदै जानु होला। तर पहिलो किस्तामा १६ लाखभन्दा माथि दिनुहोला।
सेवाग्राहीः हामी १० लाखसम्म दिने भनिरहेको थिएँ। तर १४ लाख लिएर भोली आउँछु।