मुख्य समाचार

पहिरो पन्छाएर तीन दिनपछि बिपी राजमार्ग पुनः सञ्चालनमा

काठमाडौं – बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ । काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा–नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि यातायात अवरुद्ध भएको थियो ।