काठमाडौं, माघ २ गते । ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयका लागि आवश्यक भाषा सहजकर्ता÷सह शिक्षक पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ ।
महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा सेवा करारको माध्यमबाट पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूका लागि दरखास्त आव्हान गरेको हो ।
महानगरपालिकाले दरखास्तसम्बन्धी विस्तृत विवरणसहित सूचना, दरखास्त फाराम तथा पाठ्यक्रम महानगरपालिकाको वेबसाइटमा राखिएको जानकारी दिएको छ।



