ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौँ— ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएको भन्दै ऊर्जा सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

गत सोमबार सिँचाइ दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रम सञ्चालकले  आसनग्रहणको लागि बोलाउँदा समेत मञ्चमा सहभागी नभई बेवास्ता गरेको भन्दै आचार्यलाई स्पष्टीकरण सोधिएको हो ।

Laxmi sunrise bank 2034

राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको, पदीय आचरण पालना नगर्नुको साथै पदीय गरिमा समेत कायम गर्ने नसकेको, नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाई समेत धज्जी उडाउने गरी कार्यक्रम बहिष्कार गरेको तपाईँलाई अनुशासनको कारबाही किन गर्नु नपर्ने हो ? स्पष्टीकरणमा सोधिएको छ ।

तपाईँले के कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अवहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिष्कार गर्नुभएको हो ?  २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहुन जानकारी गराइन्छु, पत्रमा भनिएको छ ।