शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

काठमाडौं  — नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री बनेका छन्। प्रधानमन्त्री सचिवालयका अनुसार शिक्षामन्त्रीमा पन्तलाई नियुक्त गरिएकाे हाे।

विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो।  प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गर्ने व्यवस्था छ। पन्तको शपथ बिहीबार गर्ने तयारी छ ।