![](https://www.palikanews.com/wp-content/uploads/2023/02/330398079_725234198940253_7875245551316900057_n.jpg.jpg)
काठमाडौं, फागुन ३ गते । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा गत सोमबार भएको घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सांसदहरुले माग गरेका छन् ।
बुधबार जारी प्रतिनिधिसभाको शून्य समयमा बोलेका अधिकांश सांसदहरुले सोमबार भएको सो घटनाका दोषी जोसुकै भए पनि कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।
तर, अहिलेसम्म सो घटनाको योजनाकार पक्राउ नपरेको भन्दै सरकारको आलोचना गरेका उनीहरुले प्रदर्शनकारीबाट भएको लुटपाट र तोडफोडको क्षति व्यवसायीलाई उपलब्ध गराउन पनि माग गरे ।
काठमाडौंमै सरकारले उचित र व्यवस्थित सुरक्षा व्यवस्था गर्न नसक्दा सरकारी र व्यक्तिको सम्पत्तिमा क्षति पुगेको सो घटनाले देशको सुरक्षा व्यवस्थालाई दर्साएको उहाँहरुको भनाइ छ ।
उक्त घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न शीशीर खनाल, शंकर भण्डारीसहितका सांसदले माग गर्नुभएको छ ।