सरकारले सोचेजस्तो काम गरेकाे छैन, तर अर्काे सरकार बन्ने अवस्था छैन : नेता सिटौला

काठमाडौं — नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले सरकार निर्माणको वर्ष दिनको मुल्याङ्कन गर्र्दा सोचेजस्तो काम हुन नसकेको बताएका छन्।

आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बाध्यात्मक परिस्थितिमा निर्माण भएको सरकार भएकाले वर्ष दिनको मुल्याङ्कन गर्दा सोचेजस्तो काम हुन सकेको बताए।

उनले कसैको बहुमत नभएकाले वर्तमान सरकारको विकल्प अर्को हुन नसक्ने दाबी समेत गरे।  ‘कसैको बहुमत छैन। पहिले प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला छाडेपछि एउटा परिस्थितिमा निर्माण भएको सरकार हो। वर्ष दिन भयो, वर्ष दिनको मुल्याङ्कन गर्र्दाखेरी सोचेजस्तो काम हुन सकेको छैन,’ उनले भने, ‘अपेक्षा गरे बमोजिम काम हुन सकेको छैन। तर सरकार निरन्तर जान्छ। यो सरकारको विकल्पको सरकार बन्ने अवस्था छैन।’

Shivam Cement

उनले पार्टीको महाधिवेशन २०८३ को दशैंको सेरोफेरोमा आयोजना हुने समेत जानकारी गराए।

त्यस्तै उनले संविधान बमोजिम नै राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई सुझावसहित प्रतिनिधि सभामा पठाएको बताए।