बाढीपहिरोले प्रमुख १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — अविरल वर्षासँगै आएको बाढी र पहिरोकाे कारण देशका १० राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन्।

संखुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ।

Shivam Cement

नेपाल प्रहरीले अवरुद्ध सडकहरू खुलाउनका लागि सम्बन्धित निकायसँग समन्वय गरी काम गरिरहेको बताएको छ।