काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डीपी) ले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले सभामुख अर्याललाई शपथ खुवाएका हुन्।
यसअघि आइतबार प्रतिनिधिसभाको बैठकमा अर्याल निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरिएको थियो।
सभामुख अर्यालको निर्वाचनसँगै संसद्को नेतृत्व पूर्ण रूपमा स्थापित भएको छ र अब उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ।



