संसद् छलेर अध्यादेश ल्याउने तयारीमा सरकार

काठमाडौं – सरकारले आह्वान भइसकेको संघीय संसद् अधिवेशन स्थगित गर्दै अध्यादेश ल्याउने तयारी गरेको छ ।

स्रोतका अनुसार सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश जारी गर्ने विषयमा निर्णय हुन सक्ने सम्भावना रहेको छ । संवैधानिक परिषद्सम्बन्धी लगायतका अध्यादेश ल्याउने तयारी गरिएको जनाइएको छ ।

यसअघि सरकारकै सिफारिसमा राष्ट्रपतिले वैशाख १७ गतेका लागि संघीय संसद् अधिवेशन आह्वान गरेका थिए । तर त्यसको भोलिपल्टै पुनः सरकारकै सिफारिसमा अधिवेशन स्थगित गरिएको थियो ।

सरकारले संसद् सञ्चालनको सट्टा अध्यादेशमार्फत कानुनी व्यवस्था अघि बढाउन खोजेको भन्दै यस विषयलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ ।