काठमाडौं – पशुपतिनाथ मन्दिर परिसरअन्तर्गत राम मन्दिर नजिकैको जंगल क्षेत्रमा तीन वटा ग्रिनेड फेला परेका छन् ।
स्थानीयवासीले जंगलमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको थियो ।
अवैध घरटहरा हटाइएको क्षेत्रभन्दा केही माथिल्लो भागको जंगलमा शंकास्पद वस्तु भेटिएपछि सुरक्षा सतर्कता बढाइएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकी ले घटनास्थलमा पुराना तीन वटा ग्रिनेड फेला परेको जानकारी दिनुभयो। प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।



