स्थगित भयाे प्रतिनिधिसभाको बैठक

काठमाडौं — प्रतिनिधिसभाको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ। दिउँसो १ बजे सिंहदरबारमा बस्ने गरी तय भएको बैठक विशेष कारणले स्थगित गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो।

त्यस्तै, कानुनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको थियो।

आजको बैठकमा प्रस्तुत हुन नसकेका उक्त दुवै विषय अर्को बैठकमा सर्ने भएका छन्।

यसैगरी, कानुनमन्त्री गौतमले ‘संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्ने कार्यसूची पनि रहेको थियो। बैठक स्थगित भएपछि यो विषय पनि अर्को बैठकका लागि सर्ने भएको छ।

सङ्घीय संसद् सचिवालयले अर्को बैठकको मिति र समयबारे आवश्यक सूचना पछि सार्वजनिक गर्ने जनाएको छ।