कोहिँपनि पैसाको अभावमा उपचारबाट वञ्चित हुदैँन : राज्यमन्त्री डा. कार्कीले

काठमाडौँ, माघ १३ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले अबदेखि पैसाको अभावमा कसैले पनि उपचारबाट वञ्चित हुन नपर्ने बताउनुभएको छ ।

शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै डा. कार्कीले संविधानले नै आकस्मिक स्वास्थ्य उपचारमा कुनै पनि नागरिक वञ्चित गर्न नहुने सुनिश्चता गरेको भए पनि लागू हुन नसकेको धारणा राख्नुभयो । तर, स्वास्थ्यलाई मौलिक हकको रुपमा सुनिश्चित गर्नका लागि थप रणनीति र कार्यविधि बनाउन लागेको उहाँको भनाई छ ।

‘आजसम्म आकस्मिक सेवा सुनिश्चित भइनसकेको छैन । त्यसलाई सुनिश्चित गर्नका लागि आपतकालिन तथा आकस्मिक स्वास्थ्य सेवाका रणनीति कार्यविधि बनाउँदै छौं,’ डा. कार्कीले भन्नुभयो, ‘अस्पतालले पहिला आकस्मिक सेवामा उपचार प्रक्रिया अगाडी बढाउनुपर्ने र त्यसपछि कुन–कुन प्रक्रिया अगाडी बढाउने भन्ने बिषयमा हामीले अभ्यास गरिरहेका छौं ।’

अस्पताललले स्वास्थ्य सेवा लिँदा फर्म भराउने अनि मात्रै उपचार गर्ने प्रक्रिया रहेको भन्दै त्यसलाई अन्त्य गरिने गर्नका लागि प्रतिबद्ध रहेको मन्त्री कार्कीले बताउनुभयो ।

त्यसैगरी,स्वास्थ राज्यमन्त्री कार्कीले मन्त्रालयले अब गर्ने कार्ययोजना बारे पनि सुनाउनुभयो । गुणस्तरीय स्वास्थ्य आम मानिसमा कसरी पु¥याउने भनी कार्ययोजना बनाइरहेको बताउनुभयो ।

त्यस्तै, एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने, शिशु तथा मात्तृमृत्युदर कम गर्न सरकारले लिएको दिगो विकास लक्ष्य सफल बनाउन अभ्यास गरिरहेको उहाँले बताउनुभयो ।