घट्यो स्थानीय तहको वित्तीय हस्तान्तरण

काठमाडौं, जेठ १५ । सरकारले स्थानीय तहलाई दिने वित्तीय हस्तान्तरण घटाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्य प्रस्तुत गर्दे घटाउने घोषणा गर्नुभएको हो ।

सरकारले ल्याएको बजेट अनुसार आगामी आर्थिक वर्षमा वित्तीय समानीकरण अनुदानतर्फ स्थानीय तहलाई ८७ अर्ब ३५ करोड रुपैयाँ गरी १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण हुने भएको छ ।

सशर्त अनुदानतर्फ स्थानीय तहलाई १ खर्ब ९१ अर्ब गरी २ खर्ब २७ अर्ब ६१ करोड हस्तान्तरणको घोषणा गर्नुभएको हो ।