ख्रिष्टियन महासंघको पत्रकार सम्मेलन : सिद्धान्त विपरित कार्य गरेको भन्दै अध्यक्ष गहतराजमाथि कारबाहि

काठमाडौँ, साउन १५ गते । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालले आज पत्रकार सम्मेलन गरेको छ । तत्कालिन अध्यक्ष चरि हादुर गहतराजले महासंघको नीती भन्दा बाहिरको काम गर्दै आएकोले कारबाहि गरेको जानकारी दिन सो कार्यक्रम गरिएको हो ।

तत्कालिन अध्यक्ष गहतराजले संस्थाको मुख्य सिद्धान्त विपरित कार्य गर्दै आएकाले उहाँलाइ कारबाही गर्नैपर्ने  सह–अध्यक्ष डाेमा राइले बताउनुभयाे । उहाँले महासंघभित्र आन्तरिक विवाद र असहमतधारी बढेको हाँदा यसलाई समाधानको बाटोमा लैजानुपर्ने पनि बताउनुभयो ।
संस्थानको बिधान विपरित कार्य  गहतराजले गर्दै आएको कुरा हामीले बताउनैपर्छ भन्ने लागेर पत्रकार सम्मेलन गरेको उहाँको भनाई छ ।

महासंघको गरिमा बचाउन र सहीलाई सही र गलतलाई गलत भन्नै पर्ने परिस्थीति आयो, उहाँले भन्नुभयो, महासंघको अस्थित्वलाई बचाउनको लागि भएपनि हामीले व्यक्तिको व्यत्तित्व तर्फ जानुपर्ने भएकोे हो ।

संसंगै काम गर्दै आएको कारणले गर्दा समझधारीमै र मेलमिलापमै महासंघलाई अघाडी बढाउन धेरै कोसीस गरेका थियौँ सहअध्यक्षले राईले भन्नुभयो, तर असफल भयौँ ।

महासंघका कार्यवाहक अध्यक्ष उद्धव प्रसाद चिमोरियाले आजका दिनसम्म आफ्नो व्याक्तिगत स्वर्थका लागि केहि काम नगरेको बताउनुभयो । तर नेपाली इसाई समुदायीहरुको हकअधिकारका लागि सरकारसँग पहल कदमी गर्न निम्ती आवज उठाउने र महासंघलाई शुद्धरुपमा अघाडी लैजान खोज्दा म माथि उल्टै तत्कालिन अध्यक्ष गहतराजले विभिन्न आरोप लगाएको बताउनुभयो ।

यतिमात्र कोईन गहतराजले महासंघको लेटरप्याटमै लेखेर आफ्नो चरित्तहत्य गरेको उहाँको भनाई छ । विभिन्न व्याक्तिहरुलाई फोन गर्न लगाएर आफुलाई धम्क्याउने गरेको पनि कार्यवाहक अध्यक्ष चिमोरियाको आरोब छ ।

उहाँले भन्नुभयो, गहतराजले विभिन्न व्याक्तिलाई फोन गर्न लगाएर त्यरो घर कहाँछ म त्यहीँ अउछु भन्दै धम्क्याउने गरेको पनि बताउनुभयो । म माथि यस्ता प्रकारका धम्कीहरु मेरो फोनमा बारम्बार आउने गरेको छ, उहाँले भन्नुभयो, यतिसम्म भयो कि मेरो परिवारमा यति धेरै समस्य भयो त्यो भनि साध्य छैन ।

आज मलाईत मेरो सिँगो टीमले ख्रिष्टियनमा आवद्ध विश्वासीहरुको हकहीतका लागि काम गर्दा र महासंघलाई एउटा ततस्त कुनै पनि प्रकारको समस्य नभएको एउटा समस्य विहिन महासंघ बनाउन खोज्दा म माथि यति धेरै लान्छानाहरु लगाईएको उहाँले बताउनुभयो ।

तर महिले उहाँहरुलाई कुनैपनि प्रकारको दोश दिन्न र कुनै प्रकारको एक्सनपनि लिन्न, उहाँले भन्नुभयो, किन भने म एक चर्चको पाष्टर हो । म एक भेडाहरुको गोठालो हो र मेरो काम प्राथाना गर्ने हो । न्याय गर्ने काम प्रवेश्वरको हातमा छ । उहाँले नै न्याय गर्नुहुन्छ ।

म कसैलाई गाली गदैन उहाँले भन्नुभयो, मैले कसैको व्याक्तिगत जिवनमाथि चरित्तहत्य गर्ने अधिकार छैन । तर कसैले ममाथि यस्ता धेरै लान्छाना लगाएको धम्क्याएको कुराहरु म संसारभरि रहेका विश्वासी सबैहरुलाई अनुरोध गर्न चाहान्छु महासंघको लागि प्राथाना गरिदिनुहोस ,