दुवै सदनमा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी

काठामडौं   — संघीय संसद अन्तरगत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक बस्दैछ ।

मंगलबार प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १२ः१५ बजे बस्न लागेको संसद सचिवालयले जनाएको छ ।  बैठकमा सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा सोमबारदेखि छलफल सुरु भएको हो ।