बझाङमा हिमपहिरा जाँदा एक जनाकोे मृत्यु, दुई घाइते, दुई बेपत्ता

बझाङ, जेठ ७ गते । बझङ्मा हिमपहिरो जाँदा यार्सागुम्बा सङ्कलनमा गएका एक जनाको मृत्यु भउको छ । आज दिउँसो सुर्मा गाउँपालिका–२ मा पर्ने धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा घटनास्थलमै एकको मृत्यु भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीका अनुसार यार्सा सङ्कलन गर्ने क्रममा हिमपहिरो जाँदा दुई घाइते हुनुभएको छ भने दुई बेपत्ता हुनुभएको छ । घटनाको जानकारी हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुङ्गाना र सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकसहितको टोली घटनास्थलमा परिचालन गरिएको छ । हिमपहिरामा परेर मृत्यु हुने, घाइते र बेपत्ता हुनेको परिचय खुलेको छैन ।