गठबन्धन भित्रका दलहरुले आपसि सहमति गरेर शक्ति बाँडफाँड हुन्छ : सांसद पाण्डे

काठमाडौँ, चैत्र ३ गते । नेपाली कांग्रेसका सह-महामन्त्री तथा प्रतिनिधिसभा सदस्य बद्रि पाण्डेले सत्तारुढ गठबन्धन दलहरुले आपसि सहमति गरेर शक्ति बाडफाडको कामलाई मिलाउने बताएका छन् । उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग उहाँले त्यस्तो बाताउनुभएको हो ।

उहाँले त्य सँसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत लिने कार्यक्रम भएको बताउनुभयो । प्रधानमन्त्रीको विश्वासको मतपछि सत्तारुढ गठबन्धनमा सहभागी दलहरुबीचमा न्युनतम साझा कार्यक्रम ल्याउछौ उहाँले भन्नुभयो, या भन्दा पहिलेको सरकारले ल्याएको साझा कार्यक्रम वर्तमान प्रधानमन्त्री भएपनि अर्कै गठबन्धनले ल्याएको साझा कार्यक्रम हो । उहाँले भन्नुभयो, अवको गठबन्धनमा नेपाली कांग्रेस सहभागि हुनेभएको ले हाम्रो अर्को न्युनतम साझा कार्यक्रम बन्छ ।

सांसद पाण्डेले प्रधनमन्त्रीको विश्वासको मत र साझ कार्यक्रमपछि मन्त्रीपरिषदले पूर्णता पाउने बताउनुभयो । त्यसपछि बल्ल सरकारले गति लिन्छ । न्युनतम साझा कार्यक्रम तय भएपछि त्यसैलाई टेकेर एउटा राजनितिक स्थिरता दिने र राजनितिक स्थिरताका माध्यमबाट देशले विकास र समृद्धि प्रप्त गर्ने गरि सरकारले गति लिने उहाँले बताउनुभयो ।

https://www.facebook.com/dharmasunarphoto/videos/1395417017859864